लेख विवरण

होरा इस्पोर्ट्सको ऐतिहासिक सफलता: पब्जी मोबाइल विश्वकपमा नवौं स्थानसहित १ लाख २७ हजार ५०० डलर पुरस्कार जित्यो

होरा इस्पोर्ट्सको ऐतिहासिक सफलता: पब्जी मोबाइल विश्वकपमा नवौं स्थानसहित १ लाख २७ हजार ५०० डलर पुरस्कार जित्यो

काठमाडौं, साउन १८ –
नेपाली इस्पोर्ट्स क्षेत्रमा ऐतिहासिक सफलता हात परेको छ। होरा इस्पोर्ट्सले साउदी अरबमा जारी इस्पोर्ट्स विश्वकप अन्तर्गतको पब्जी मोबाइल विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै नवौं स्थान हासिल गर्न सफल भएको छ।

यस ऐतिहासिक उपलब्धिसँगै होरा इस्पोर्ट्सले विभिन्न चरणमा उत्कृष्ट प्रदर्शन गर्दै कुल १ लाख २७ हजार ५०० अमेरिकी डलर (करिब १ करोड ७० लाख नेपाली रुपैयाँ) पुरस्कार राशी जितेको छ।

नेपालबाट सहभागिता जनाउने टीमहरूमध्ये होरा इस्पोर्ट्सले यो स्तरमा पुर्‍याएर अन्तर्राष्ट्रिय स्तरमा नेपाली इस्पोर्ट्सको सम्भावना र क्षमता देखाएको छ।

यस जितसँगै नेपाली गेमिङ समुदायमा उत्साहको लहर फैलिएको छ, र होरा इस्पोर्ट्सको यो सफलता नेपाली युवाहरूका लागि प्रेरणाको स्रोत बनेको छ।

नेपालको इस्पोर्ट्स इतिहासमा यो एक महत्वपूर्ण मोड सावित भएको छ, जसले आगामी दिनमा थप लगानी, अवसर र अन्तर्राष्ट्रिय पहिचानको ढोका खोल्ने विश्वास गरिएको छ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.