लेख विवरण

६ फिटभन्दा अग्ला युवायुवतीका लागि सुनौलो अवसर: निःशुल्क शिक्षा र भलिबल प्रशिक्षण!

६ फिटभन्दा अग्ला युवायुवतीका लागि सुनौलो अवसर: निःशुल्क शिक्षा र भलिबल प्रशिक्षण!

काठमाडौं ।
अन्तर्राष्ट्रिय भलिबल रेफ्री बिकास गुरुङले ६ फिट बराबर वा सोभन्दा अग्ला हाइट भएका युवा तथा युवतीहरूलाई लक्षित गर्दै निशुल्क भलिबल प्रशिक्षण र शिक्षाको अवसर घोषणा गर्नुभएको छ।

उहाँले भन्नुभएको छ, “यदि तपाईंको छोराछोरीको उचाइ ६ फिट बराबर वा बढी छ, कक्षा ८, ९, एसईई सकेर बसिरहनुभएको छ वा ११/१२ पढ्दै हुनुहुन्छ भने, भलिबल खेलमा रुचि राख्नुहुन्छ भने मलाई सम्पर्क गर्नुहोस्। प्रशिक्षण र शिक्षाको पूर्ण जिम्मा मेरो हुनेछ।

यो कार्यक्रम महिला तथा पुरुष दुवैका लागि खुला रहेको छ। भलिबलमा भविष्य देख्ने, रुचि भएका र उचाइमा योग्य युवायुवतीका लागि यो एक अविस्मरणीय अवसर बन्न सक्छ।

मुख्य विशेषताहरू:

  • ६ फिट वा सोभन्दा बढी हाइट भएका युवायुवतीका लागि

  • निःशुल्क शिक्षा + व्यावसायिक भलिबल प्रशिक्षण

  • महिला र पुरुष दुवैका लागि खुला

  • अनुभवी अन्तर्राष्ट्रिय भलिबल रेफ्री बिकास गुरुङको प्रत्यक्ष मार्गदर्शन

👉 इच्छुक अभिभावक वा खेलाडीहरूले रेफ्री बिकास गुरुङसँग छिटो सम्पर्क गर्नुहोस्

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.