लेख विवरण

रविन्द्र धन्तले भारतीय एमएमएको इतिहासमा रचे नयाँ कीर्तिमान

रविन्द्र धन्तले भारतीय एमएमएको इतिहासमा रचे नयाँ कीर्तिमान

काठमाडौं – साउन १७, २०८२

नेपालका युवा एमएमए फाइटर रविन्द्र धन्तले भारतीय एमएमए फ्यानहरूलाई स्तब्ध पार्दै Matrix Fight Night (MFN) मा भएको ब्यान्टमवेट डिभिजनको खेलमा डिफेन्डिङ च्याम्पियन चुनग्रेन कोरेनलाई नकआउट गरेर ऐतिहासिक जित हासिल गरेका छन्।

यो जितले नेपाललाई एमएमए क्षेत्रमा नयाँ पहिचान दिलाएको छ भने, रविन्द्रले आफूलाई क्षेत्रको एक शक्तिशाली फाइटरको रूपमा स्थापित गराएका छन्। खेलमा उनले पहिलो राउन्डमै निर्णायक प्रहार गर्दै भारतीय प्रतिद्वन्द्वीलाई पराजित गरे।

नेपालका खेलप्रेमीहरू र एमएमए कम्युनिटीमा यो खबरले ठूलो हर्ष र उत्साह फैलाएको छ। यस ऐतिहासिक जितले नेपाली युवा खेलाडीहरूलाई नयाँ ऊर्जा र प्रेरणा प्रदान गरेको छ।

रविन्द्रले आफ्नो जितको बारेमा भने, “यो मेरो लागि मात्र होइन, सम्पूर्ण नेपालको लागि ठूलो सफलता हो। म आगामी समयहरूमा अझ मेहनत गरेर देशलाई गर्व गराउनेछु।”

sportsmala.com परिवारको तर्फबाट रविन्द्र धन्तलाई यस ऐतिहासिक उपलब्धिको लागि हार्दिक बधाई!

टिप्पणी लेख्नुहोस्

Please Login to comment.