लेख विवरण

आईटीएफको वार्षिकोत्सवमा खेलाडीलाई सम्मान गरिने

आईटीएफको वार्षिकोत्सवमा खेलाडीलाई सम्मान गरिने

काठमाडौं, साउन २० गते ।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) ले आफ्नो २८ औं वार्षिकोत्सवमा वर्ष उत्कृष्ट पुरुष/महिला खेलाडीलगायतलाई सम्मान गर्ने भएको छ ।

वार्षिकोत्सव बुधबार लाजिम्पाटमा हुनेछ । सोही अवसरमा वर्ष उत्कृष्ट प्रशिक्षक, प्रदेश संघ र जिल्ला संघलाई पनि सम्मान गरिने महासंघका महासचिव घमबहादुर थापाले जनाएका छन् ।

गत अगष्ट १९ देखि २६ तारिखसम्म भारतमा भएको दसौं एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगिताका पदक विजेता पनि सम्मानित हुने छन् । उक्त प्रतियोगितामा नेपालले २ स्वर्ण र १ कांस्य पदक जितेको थियो । वर्ष उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई नगदसहित सम्मान गरिने महासंघका कोषाध्यक्ष विक्रम बाठा मगरले बताए ।

सम्मान कार्यक्रमअघि बुधबारै महासंघको वार्षिक साधारण सभा पनि हुनेछ । विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउने क्रममा यसअघि महासंघले भक्तपुरको कौशल्टारस्थित मानव सेवा आश्रममा आश्रितलाई खाना खुवाएको थियो भने रक्तदान पनि गरेको थियो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.