लेख विवरण

प्रतिनिधिसभामा खेलाडी दुर्घटना विमा लागू भइसकेको जानकारी

प्रतिनिधिसभामा खेलाडी दुर्घटना विमा लागू भइसकेको जानकारी

काठमाडौं — प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले खेलकुदको दौरान हुने दुर्घटनासम्बन्धी प्रश्न राख्दा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलाडीहरूको उपचारका लागि खेलाडी दुर्घटना बिमा लागू भइसकेको जानकारी दिनुभएको छ।

मन्त्री चौधरीले सांसदहरूको जिज्ञासाको जवाफ दिंदै भन्नुभयो कि, खेलाडीहरूलाई खेल प्रशिक्षण वा प्रतियोगिताको क्रममा लागेका चोटपटकमा उपचार सुविधा सुनिश्चित गर्न यो बिमा प्रणाली लागू गरिएको हो।

यो कदमले खेलाडीहरूको सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने र खेल क्षेत्रको समग्र विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.