लेख विवरण

नेपाली महिला फुटबल टोली आज भुटानसँग भिडदैँ

नेपाली महिला फुटबल टोली आज भुटानसँग भिडदैँ

काठमाडौं, २१ साउन । नेपाल र भुटान बिचमा आज प्रतिस्पर्धा हुदैँछ ।

एएफसी यु–२० एसियन कपको १२औं संस्करणमा छनोट खेलमा नेपालले घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो र। 

नेपाली महिलाटोलीले बुधबारको  ‘छनोट प्रतियोगिता’को आफ्नो पहिलो खेलमा घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

सो खेल चाङ्लिमिथाङ रंगशालामा नेपाली समय अनुसार साँझ ५ः४५ बजेबाट सुरू हुनेछ ।

दुई साता अघि मात्रै बंगलादेशको राजधानी ढाकामा सम्पन्न साफ यु–२० च्याम्पियनसिपमा नेपाल र भुटान दुई पटक आमने–सामने भएका थिए । डबल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धामा दुवै लेग नेपालको पक्षमा गएको थियो ।

नेपाली टोलीले भुटानको पोस्टमा कूल १४ गोल गर्दा मात्र एक गोल मात्रै जवाफमा पाएको थियो । 

समूह ‘ए’मा रहेको नेपालले भुटान पछि साउदी अरेबिया र तीन पटकको विश्वकप विजेता उत्तर कोरियासँग खेल्ने तालिका छ । उत्तर कोरिया एएफसी एसियन कप र विश्वकप दुवैको साविक विजेता पनि हो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.