नेपाल प्रिमियर लिग २०२५ को अक्सनको लागि ‘ए’ क्याटेगोरीमा ८ खेलाडी
काठमाडौं, साउन २१ गते – नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को मिनी अक्सनका लागि अन्तिम सार्वजनिक सूचीमा ८ जना खेलाडीहरू ‘ए’ क्याटेगोरीमा समावेश भएका छन्।
अक्सनको ‘ए’ क्याटेगोरीमा समावेश खेलाडीहरू हुन्:
आदिल आलम
देव खनाल
पवन सर्राफ
शरद भेषावकर
सुनाम गौतम
दिलीप नाथ
अर्जुन साउद
सूर्य तामाङ
एनपीएलको मिनी अक्सन यही शनिबार हुने कार्यक्रम तय गरिएको छ। ‘ए’ क्याटेगोरीका खेलाडीहरूको आधार मूल्य १५ लाख रुपैयाँ तोकिएको छ।
प्रतिष्ठित घरेलु टी–२० लिग एनपीएलको यस अक्सनमा फ्रेन्चाइज टोलीहरूले उत्कृष्ट खेलाडीहरू अनुबन्ध गर्ने लक्ष्य लिएका छन्। अक्सनसँगै प्रतियोगिता प्रति दर्शक र क्रिकेटप्रेमीहरूमा उत्साह थपिएको देखिएको छ।
टिप्पणी लेख्नुहोस्