एपीएफ महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा चेतन घिमिरे नियुक्त
काठमाडौं, साउन २१, २०८२ – एएफसी महिला च्याम्पियन्स लिगको छनोट चरणका लागि सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लबले चेतन घिमिरेलाई मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको छ।
पूर्व राष्ट्रिय खेलाडीसमेत रहेका घिमिरेले नेपाली महिला फुटबलमा रणनीतिक दृष्टिकोण र अनुशासन ल्याउने अपेक्षा गरिएको छ। एपीएफ क्लबले एएफसी च्याम्पियन्स लिगको छनोट चरणमा नेपालको प्रतिनिधित्व गर्नेछ, जुन महिला फुटबलको क्षेत्रमा ठूलो अवसरको रूपमा हेरिएको छ।
टोलीलाई थप मजबुत बनाउन एपीएफले दुई अनुभवी खेलाडीलाई पनि टोलीमा समावेश गरेको छ। नेपाल पुलिस क्लबकी समिक्ष्या घिमिरे र त्रिभुवन आर्मी फुटबल क्लब (टीएएफसी) की बिमला बिक टोलीमा समावेश भएका छन्।
टोली चाँडै बन्द प्रशिक्षणमा जुट्नेछ र एशियाली क्लबहरूविरुद्ध प्रतिस्पर्धा गर्न तयार हुनेछ।

टिप्पणी लेख्नुहोस्