बेन्जामिन सेस्कोको म्यानचेस्टर युनाइटेड यात्रा लगभग पक्का
काठमाडौं, साउन २१ – स्लोभेनियन स्ट्राइकर बेन्जामिन सेस्कोको म्यानचेस्टर युनाइटेड प्रस्थान अब लगभग पक्का भएको छ। विभिन्न युरोपेली क्लबहरूको चासोका बीच, सेस्कोले युनाइटेड रोज्ने निर्णय गरेका छन्।
विश्वसनीय स्रोतहरूका अनुसार, सेस्कोले युनाइटेडसँग २०३० सम्मको सम्झौता गर्न लागेका छन्। यसअघि न्युकासल युनाइटेडले पनि उनलाई भित्र्याउने प्रयास गरे पनि अन्ततः सेस्कोको गन्तव्य युनाइटेड नै हुने भएको हो।
२२ वर्षीय प्रतिभाशाली स्ट्राइकर सेस्कोले पछिल्ला सिजनहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् र उनको आगमनले युनाइटेडको आक्रमणमा नयाँ उर्जा थप्ने अपेक्षा गरिएको छ।

टिप्पणी लेख्नुहोस्