एमएफएन च्याम्पियन रविन्द्र ढाँटलाई दुई गाउँपालिकाबाट नगद सम्मान
बझाङ, साउन २१ – हालै भारतको म्याट्रिक्स फाइट नाइट (MFN) को बान्तमवेट च्याम्पियन बनेका रविन्द्र ढाँटलाई बझाङ जिल्लाका दुई गाउँपालिकाले नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेका छन्।
दुर्गाथली गाउँपालिकाले ढाँटलाई रु. १,११,१११ नगद पुरस्कार दिने निर्णय गरेको छ भने तलकोट गाउँपालिकाले उनलाई रु. १ लाख नगद पुरस्कार दिने जनाएको छ।
बझाङका गौरव बनेका ढाँटले हालै भारतका डिफेन्डिङ च्याम्पियन चुनग्रेन कोरेनलाई उत्कृष्ट नॉकआउटमार्फत हराउँदै नेपाली एमएमए खेलको इतिहासमा ठूलो उपलब्धि हासिल गरेका थिए।
स्थानीय सरकारहरूका अनुसार, ढाँटले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम उच्च बनाएर युवा पुस्तालाई प्रेरणा दिएको भन्दै सम्मान स्वरूप उक्त पुरस्कार प्रदान गरिनेछ।

टिप्पणी लेख्नुहोस्