लेख विवरण

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवम मधेश प्रदेशका पूर्व कप्तान हरिशंकर साहले इंग्ल्यान्डमा जिम्बावे विरुद्ध खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवम मधेश प्रदेशका पूर्व कप्तान हरिशंकर साहले इंग्ल्यान्डमा जिम्बावे विरुद्ध खेल्ने

काठमाडौं, साउन २१
नेपाल राष्ट्रिय क्रिकेट टिमका सदस्य तथा मधेश प्रदेशका पूर्व कप्तान हरीशंकर साह इंग्ल्यान्डमा आयोजना हुने एकदिवसीय क्रिकेट शृंखलामा सहभागी हुने भएका छन्।

उनी विश्व स्पोर्ट्स एक्सचेन्ज (World Sports Xchange) टिमबाट जिम्बाबे टिम (Zimbabwe-A) विरुद्धको खेलमा सहभागी हुँदैछन्। यो शृंखला अगस्ट ६ र ७ तारिखमा डर्बीशायरको क्वार्नडन मैदानमा हुने कार्यक्रम तय भएको छ।

हरीशंकर साह नेपाली क्रिकेटको एक प्रतिभाशाली खेलाडीका रूपमा परिचित छन्। उनी घरेलु र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रदर्शनबाट चर्चा बटुल्न सफल भएका छन्। यस खेलमा उनको सहभागिता नेपाली क्रिकेटका लागि गौरवको विषय बनेको छ।

यो प्रतियोगिता युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा अनुभव दिने उद्देश्यले आयोजना गरिएको हो, जहाँ साहले आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पाउनेछन्।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.