काठमाडौँ । वत्सल्य एभरेस्ट महिला भलिबल लिग (EWV) ले आफ्नो दोस्रो संस्करणको लागि टिकटकलाई आधिकारिक मनोरञ्जन साझेदार (Official Entertainment Partner) घोषणा गरेको छ। आगामी भदौ १९ देखि २७ गतेसम्म आयोजना हुने लिगमा टिकटकको सहभागिता नेपाली महिला खेलकुद क्षेत्रका लागि ऐतिहासिक उपलब्धिको संकेत हो।
यस साझेदारीमार्फत नेपाली महिला भलिबलको कथा, खेलाडीहरूको जोश, दर्शकको समर्थन, र लिगको ऊर्जालाई विश्वभर फैलाउने लक्ष्य राखिएको छ।
टिकटक दक्षिण एसियाका कन्टेन्ट अपरेसन लिड उमैस नविद ले भने,
“नेपालको खेल भावना र महिला खेलाडीहरूको योगदानलाई विश्वमञ्चमा पुर्याउने अवसर हामीलाई निकै रोमाञ्चक लागिरहेको छ। वत्सल्य महिला भलिबल लिगजस्तो साहसी कार्यक्रमको हामी पूर्ण समर्थन गर्दछौँ।”
वत्सल्य ईडब्लुभीएलकी सिइओ स्नेवी चापागाईं भन्छिन्,
“यो साझेदारी हाम्रो लागि गेम चेन्जर हो। अब हामी महिला खेलकुदको कथा यस्तो ढंगले विश्वमा सुनाउन सक्छौँ, जुन अझसम्म कहिल्यै भएको थिएन। यो नेपाली भलिबलको विश्विकरणतर्फको साहसिक कदम हो।”
खेलाडी तथा टिमको पर्दा पछाडिको दृश्यहरू
#EWVOnTikTok र #AbaPaloMahilako जस्ता फ्यान च्यालेन्जहरू
भलिबल स्टारहरूसँग कन्टेन्ट क्रिएटरहरूको सहकार्य
प्रत्यक्ष अपडेट र हाइलाइट भिडियोहरू
स्टेडियममै टिकटक बनाउने फ्यान जोनहरू
यस पटक लिगमा १०० भन्दा बढी खेलाडी, प्रशिक्षक, सञ्चारकर्मी र सेलिब्रेटीहरूको सहभागिता रहनेछ। नेपालकै राष्ट्रिय खेल भलिबललाई प्रोत्साहित गर्दै EWV लिगले महिला सशक्तिकरण, सुरुवाती तहसम्म पहुँच, र नयाँ ढंगले खेलकुद कथा भन्नुमा केन्द्रित छ।
वत्सल्य एभरेस्ट महिला भलिबल लिग एसियाकै पहिलो महिला फ्रेन्चाइज भलिबल लिग हो, जसलाई नेपाल भलिबल संघले स्वीकृति दिएको हो र इन्फिनिटी ड्रीम्स प्रा.लि.ले सञ्चालन गर्दै आएको छ।
टिकटक विश्वको चर्चित छोटो भिडियो प्लेटफर्म हो, जसले प्रयोगकर्ताहरूलाई रचनात्मकता र मनोरञ्जनको माध्यमबाट एकआपसमा जोड्छ। टिकटकका कार्यालयहरू लस एन्जलस, लण्डन, दुबई, सिंगापुर लगायत विश्वभर रहेका छन्।
यो साझेदारीले नेपाली महिला भलिबलको आवाजलाई घरघरमा मात्र होइन, विश्वभरका स्क्रिनमा पुर्याउने सम्भावना बोकेको छ।
हाम्रो न्यूजलेटरको सदस्यता लिनुहोस्।
Don’t have an account? Register Now and enjoy all our benefits!
टिप्पणी लेख्नुहोस्