डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले 'मुड्स टेलर हाउस' र 'मुड्स फेशन स्टुडियो' सँग औपचारिक सम्झौता गर्यो
काठमाडौं । नेपाल प्रिमियर लिग (NPL) का गत संस्करणका विजेता जनकपुर बोल्ट्सले आगामी दोस्रो सिजनका लागि 'मुड्स टेलर हाउस' र 'मुड्स फेशन स्टुडियो' सँग औपचारिक पोशाक साझेदारी (Official Formal Wear Partner) गरेको घोषणा गरेका छन्।
यस साझेदारीअनुसार, जनकपुर बोल्ट्सका खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूले लिग अवधिभर विभिन्न औपचारिक कार्यक्रमहरूमा मुड्स ब्रान्डको विशेष डिजाइन पोशाक प्रयोग गर्नेछन्।
जनकपुर बोल्ट्सले यसलाई "शैली र पहिचानको सम्मिलन" भन्दै टिमको प्रस्तुतिमा थप आत्मविश्वास र व्यावसायिकता ल्याउने अपेक्षा राखेको छ।
सिजन २ को तयारीमा व्यस्त जनकपुर बोल्ट्सको यो सहकार्यले खेल र फेसनको संयोजनलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ।

टिप्पणी लेख्नुहोस्