पाकिस्तानविरुद्धको एकदिवसीय सिरिजका लागि वेस्टइन्डिज टोली घोषणा, अल्जारी जोसेफलाई विश्राम, शेफर्डको कमब्याक
काठमाडौंँ। वेस्टइन्डिजले पाकिस्तानसँग खेलिने तीन एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) सिरिजका लागि आफ्नो टोली घोषणा गरेको छ। यो पटक टोलीमा केही महत्वपूर्ण परिवर्तन गरिएको छ।
वेस्टइन्डिज क्रिकेट बोर्डले जोसेफलाई वर्कलोड म्यानेजमेन्ट अन्तर्गत विश्राम दिएको छ। उनलाई टी-२० सिरिजमा पनि विश्राम दिइएको थियो।
रोमारियो शेफर्डको टोलीमा पुनरागमन
अलराउन्डर शेफर्डले अन्तिमपटक डिसेम्बर २०२४ मा एकदिवसीय खेल खेलेका थिए। यस वर्ष इंग्ल्याण्ड र आयरल्यान्डविरुद्धको सिरिजमा भने उनी सहभागी थिएनन्।
नयाँ अनुहार जेडियाह ब्लेड्सको आगमन
जोसेफको स्थानमा २३ वर्षीय बाँया हाते तीव्र बलर जेडियाह ब्लेड्सलाई समावेश गरिएको छ। ब्लेड्सले हालसम्म १ ODI र ४ T20 खेलेका छन् र नयाँ बलसँग स्विङ गर्ने क्षमताका कारण चयनमा परेका हुन्।
वर्ल्ड कप २०२७ लक्ष्यमा राख्दै योजना
वेस्टइन्डिज अहिले आईसीसी एकदिवसीय वरियतामा १०औं स्थानमा रहेको छ। मुख्य प्रशिक्षक ड्यारेन सैमीले पाकिस्तानविरुद्ध खेलले वर्ल्ड कपको डायरेक्ट क्वालिफिकेसनको दृष्टिले महत्वपूर्ण अंक दिनसक्ने बताए।
सिरिजका सबै खेल त्रिनिदादको ब्रायन लारा क्रिकेट एकेडेमीमा हुनेछ।

टिप्पणी लेख्नुहोस्