लेख विवरण

कप्तान सबित्रा भण्डारी ‘साम्बा’लाई चितवनमा भव्य सम्मान

कप्तान सबित्रा भण्डारी ‘साम्बा’लाई चितवनमा भव्य सम्मान

चितवन, साउन २४ – राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सबित्रा भण्डारी ‘साम्बा’लाई चितवनको भरतपुर–१५, लमजुङचोकस्थित नारायणी विद्या मन्दिरमा विशेष सम्मान गरिएको छ।

श्री सरस्वती युवा क्लबको आयोजनामा गरिएको कार्यक्रममा साम्बालाई नगद रु. १,००,००० सहित भव्य स्वागत गरियो। कार्यक्रममा स्थानीयबासी, खेलप्रेमी र विद्यार्थीहरूको उल्लेख्य उपस्थिती थियो।

सम्मान ग्रहण गर्दै साम्बाले भनिन्, “इतिहासमा पहिलो पटक मेरो सम्मान कार्यक्रममा यति धेरै जनताको स्वागत पाएको छु। आज मैले दुईवटा कार्यक्रम रद्द गरेर यो कार्यक्रममा सहभागी भएकी हुँ।”

साम्बाले आफ्नो सफलतामा समुदायको माया र समर्थनले ठूलो भूमिका खेलेको बताउँदै आगामी खेलहरूमा अझ उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.