टोखाको दुबल एस फिट्नेस डोजो टिम च्याम्पियन
काठमाडौं, साउन २५ गते ।
टोखाको दुबल एस फिट्नेस डोजो गोर्खा खुकुरी मार्सल आर्ट्स अन्तर टोखा/तार्केश्वर नगरस्तरीय प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । दुबलले ८ स्वर्ण, ४ रजत र १ कांस्य जित्दै टिम च्याम्पियन बनेको आयोजक गोर्खा खुकुरी मार्सल आर्ट्स संघले जनाएको छ ।
टोखा ८ स्थित निर्मल वाटिका फुटसलमा भएको प्रतियोगिताको पुरुषमा पुस्कर रोकाया, निराजन बोहरा, युवराज खड्का, प्रेम नगरकोटी र राजकुमार तामाङ उत्कृष्ट फाइटर घोषित भए । महिलाको खुला तौलसमूहमा पूजा सन्ज्याल र रविना लामा तथा सिनियरमा सुप्रिमा धामी उत्कृष्ट चुनिए ।
प्रतियोगिताको पूर्व मन्त्री दिलेन्द्रप्रसाद बडूले उद्घाटन गरेका थिए भने विजेतालाई पूर्व उप्रधानमन्त्री भीम रावललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए । एकदिने प्रतियोगितामा १ सय ५० खेलाडीले १२ स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजक संघले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्