नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली टप एन्ड टी–२० क्रिकेट खेल्न अस्ट्रेलिया प्रस्थान
काठमाडौं — राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले अस्ट्रेलियामा अगष्ट १४ देखि २४ तारिखसम्म हुने टप एन्ड टी–२० क्रिकेट प्रतियोगितामा सहभागी हुन जाने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई एक विशेष कार्यक्रममा बिदाइ गर्नुभएको छ।
कार्यक्रमका क्रममा सदस्य–सचिव घिसिङले टोलीको नयाँ जर्सी पनि सार्वजनिक गर्नुभयो, जसले खेलाडीहरूलाई थप उत्साहित बनाउने विश्वास व्यक्त गरियो।
कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायतले पनि सहभागिता जनाउनु भएको थियो।
नेपाली क्रिकेट टोलीले आगामी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा राखिएको छ।

टिप्पणी लेख्नुहोस्