नेपालको उत्कृष्ट मध्येको फुटबल एकेडेमी “काठमाडौं किकर्स” मा युरोपियन युनियन पुरस्कृत विदेशी प्रशिक्षक लि मेशनको प्रभावशाली प्रशिक्षण
काठमाडौं — नेपालको चर्चित फुटबल एकेडेमी "काठमाडौं किकर्स" मा विगत केही वर्षदेखि विदेशी प्रशिक्षक लि मेशनले विभिन्न उमेर समूहका बालबालिकाहरुलाई प्रशिक्षण दिँदै आएका छन्।
युरोपियन युनियनबाट पुरस्कृत प्रशिक्षक लि मेशनले आफ्नो व्यावसायिक अनुभव र कौशल मार्फत काठमाडौं किकर्सलाई नयाँ उचाइमा पुर्याउने प्रयास गरिरहेका छन्।
उनको नेतृत्वमा युवा खेलाडीहरूले आधुनिक फुटबल प्रविधि र रणनीतिहरू सिक्दै छन्, जसले नेपालको फुटबल विकासमा सकारात्मक प्रभाव पार्दै आएको छ।
काठमाडौं किकर्सका संचालकहरूले भने, “लि मेशनको प्रशिक्षणले हाम्रो एकेडेमीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन मद्दत गरेको छ। बालबालिकाहरूको खेल क्षमता र आत्मविश्वासमा उल्लेखनीय सुधार देखिएको छ।”
यस किसिमका प्रयासहरूले नेपालको फुटबललाई आगामी दिनमा विश्व मञ्चमा स्थापित गर्ने आशा गरिएको छ।

टिप्पणी लेख्नुहोस्