रन्जिता भुसालले आठौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्यूठानको शिर उच्च गर्दै रजत पदक जितिन्
प्यूठान — तेक्वान्दो खेलाडी रन्जिता भुसालले थाईल्याण्डको बैंककमा साउन २४ र २५ (अगस्ट ९ र १०) गते भएको आठौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा दोस्रो स्थान हासिल गरिन्।
उनको उत्कृष्ट प्रदर्शनले प्यूठान जिल्लाको गौरव बढाएको छ भने नेपालका लागि झन्डा फहराउँदै राष्ट्रिय सम्मान पनि बृद्धि गरेको छ।
रन्जितालाई यस सफलताप्रति हार्दिक बधाई तथा आगामी प्रतियोगिताहरूमा अझ उत्कृष्ट प्रदर्शनको शुभकामना व्यक्त गरिएको छ।

टिप्पणी लेख्नुहोस्