लेख विवरण

अन्जन बिष्टको टोली रियल कश्मीर एफसीले दु्राण्ड कप २०२५ मा नेरोका एफसीलाई ३-१ ले पराजित गर्यो

अन्जन बिष्टको टोली रियल कश्मीर एफसीले दु्राण्ड कप २०२५ मा नेरोका एफसीलाई ३-१ ले पराजित गर्यो

रियल कश्मीर, भारत — नेपाली फुटबलर अन्जन बिष्टको टोली रियल कश्मीर एफसीले दु्राण्ड कप २०२५ अन्तर्गत समूह एफ को खेलमा नेरोका फुटबल क्लबलाई ३-१ को पराजय दिएको छ।

यस जीतसँगै रियल कश्मीरले तीन खेलबाट कुल छ अंक जोड्दै आफ्नो दु्राण्ड कप अभियान सफलतापूर्वक समाप्त गरेको छ।

अन्जन बिष्टले दु्राण्ड कपको उद्घाटन खेल गुमाए पनि, अन्तिम दुई खेलमा मैदानमा उत्रिएर आफ्नो टोलीलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरे।

उनको सक्रिय सहभागिताले टोलीलाई लगातार जीत दिलाउन सहयोग पुगेको हो, जसले नेपाली फुटबलप्रेमीहरूमा उत्साह थपेको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.