लेख विवरण

माफ फुटसल भोलिदेखि

माफ फुटसल भोलिदेखि

काठमाडौं, साउन २६ गते ।
म्युचल एकेडेमिक एक्टिभिटी फोरम (माफ) को आयोजनामा माफ अन्तरविद्यालय फुटसल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।

प्रतियोगितामा माफमा आबद्ध १६ विद्यालयको सहभागिता रहने छन् । विभिन्न ३ विधामा ४७ टिमको सहभागिता रहने माफकी अध्यक्ष इसु गुरुङले जनाएकी छन् । सिनियर र जुनियर ब्वाइजमा समान १६–१६ तथा सिनियर गल्र्समा १५ टिमले प्रतिस्पर्धा गर्ने छन् । चारदिने प्रतियोगिताका खेलहरु धन्यन्तरी फुटसलमा हुनेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.