बझाङी समाज काठमाडौंले रविन्द्र ढाँट र संझना खड्कालाई सम्मान गर्ने
काठमाडौं – बझाङी समाज काठमाडौंले मिक्स मार्शल आर्टिस्ट रविन्द्र ढाँट र राष्ट्रिय महिला क्रिकेट टोलीकी खेलाडी संझना खड्कालाई सम्मान गर्ने भएको छ।
वित्थडचिर गाउँपालिका–४ का युवा मिक्स मार्शल आर्टिस्ट रविन्द्र ढाँट र जयपृथ्वी नगरपालिका–९ बझाङकी संझना खड्काले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलकुदमार्फत जिल्लाको नाम उज्यालो पारेको भन्दै उनीहरूलाई विशेष सम्मान कार्यक्रमको आयोजना गरिएको हो।
समाजका अनुसार सम्मान कार्यक्रम २०८२ साल साउन २८ गते, बुधवार दिउँसो ११:०० बजे काठमाडौंको धुम्बाराहीस्थित दियो बैंक्वेटमा हुनेछ। कार्यक्रममा बझाङका आमाबुवा, दाजुभाइ, दिदीबहिनी, साथीभाइ, शुभचिन्तक, खेलप्रेमी तथा सम्पूर्ण महानुभावहरूको उपस्थितिका लागि आग्रह गरिएको छ।
कार्यक्रमलाई सहयोग तथा प्रायोजन गर्न इच्छुक महानुभावहरूले राजेश खड्का (अनामनगर), फोन: ९८५१३१५३८४ मा सम्पर्क गर्न सक्नेछन्।

टिप्पणी लेख्नुहोस्