लेख विवरण

पोखरामा भोलिदेखि प्रथम अन्तरविद्यालय छात्र/छात्रा सिक्स–ए–साइड हक्की प्रतियोगिता

पोखरामा भोलिदेखि प्रथम अन्तरविद्यालय छात्र/छात्रा सिक्स–ए–साइड हक्की प्रतियोगिता

पोखरा – पोखरामा भोलि (मंगलबार) बाट प्रथम अन्तरविद्यालय छात्र/छात्रा सिक्स–ए–साइड हक्की प्रतियोगिता सुरु हुने भएको छ। प्रतियोगिता पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आयोजना हुने कास्की जिल्ला हक्की संघले जनाएको छ।

नेपाल हक्की संघ र प्रादेशिक हक्की संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा कास्की, तनहुँ र भक्तपुरका १७ विद्यालयबाट ३४ टिमको सहभागिता रहनेछ। छात्र र छात्रा दुवै तर्फमा १७–१७ विद्यालयले प्रतिस्पर्धा गर्नेछन्।

हक्की प्रशिक्षक तथा कास्की जिल्ला हक्की संघका अध्यक्ष हित गुरुङका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। “भोली मध्यान्ह उद्घाटन समारोह गरिनेछ,” उनले पोखरा स्पोर्ट्ससँगको कुराकानीमा बताए।

प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ। गण्डकी हक्की संघका अध्यक्ष दीपक थापाका अनुसार प्रतियोगितामा विजेता टोलीले नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

कास्कीको हक्की इतिहासमा पहिलो पटक यति ठूलो संख्यामा विद्यालयको सहभागिता देखिएको आयोजकले जनाएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.