प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट : रेडियन्ट क्वाटरफाइनलमा
काठमाडौं, साउन २७ गते ।
आयोजक रेडियन्ट रिडर्स एकेडेमी ‘ए’ प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सानेपास्थित रेडियन्ट क्रिकेट एकेडेमीमा भएको खेलमा रेडियन्ट ‘ए’ ले मृगसिरालाई ६ विकेटले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल भयो ।
अन्य खेलमा अपीले विश्व निकेतनलाई १३ रन र मनकामनालाई ४९ रन, गेटवे एकेडेमीले मोक्षदालाई ७ विकेट तथा मोक्षदाले रेडियन्ट ‘बी’ लाई ५ विकेट हराए । दोहोरो जित निकालेको अपी पनि क्वाटरफाइनलमा पुग्यो ।
लिगको अन्तिम दिन बुधबार ६ खेल हुनेछ । बुधबारै १ क्वाटरफाइनल खेल पनि हुने प्राविधिक प्रमुख रविन्द्र गुप्ताले जनाएका छन् ।

टिप्पणी लेख्नुहोस्