नेपालका कप्तान किरण चेम्जोङ बंगलादेश पुलिस क्लबमा अनुबन्ध
काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ बंगलादेशको शीर्ष डिभिजन क्लब बंगलादेश पुलिसबाट लिग खेल्ने भएका छन्।
यसअघि सोही क्लबले नेपाली फरवार्ड आयुष घलानलाई अनुबन्ध गरिसकेको थियो। किरणको अनुभव र नेतृत्व क्षमता क्लबको प्रदर्शनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

टिप्पणी लेख्नुहोस्