लेख विवरण

नेपालकी गोलकिप्पर अन्जिला तुम्बापो सुब्बा ‘४० वर्षमुनिका ४० प्रभावशाली युवा’मा चयन

नेपालकी गोलकिप्पर अन्जिला तुम्बापो सुब्बा ‘४० वर्षमुनिका ४० प्रभावशाली युवा’मा चयन

काठमाडौं । नेपाल राष्ट्रिय महिला फुटबल टिमकी गोलकिप्पर अन्जिला तुम्बापो सुब्बा OnlineKhabar को सर्वेक्षणमार्फत ४० वर्षमुनिका ४० प्रभावशाली युवाहरूको सूचीमा स्थान बनाउन सफल भएकी छन्।

महिला फुटबलमा लामो समयदेखि उत्कृष्ट प्रदर्शन गर्दै आएकी अन्जिलाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई प्रतिनिधित्व गर्दै उल्लेख्य योगदान दिएकी छन्। उनको मेहनत, समर्पण र खेलप्रतिको लगावले उनी धेरै युवाका लागि प्रेरणाको स्रोत बनेकी छिन्।

अन्जिलाको नाम यस सूचीमा पर्नुलाई नेपाली महिला फुटबलका लागि एक सकारात्मक सन्देशको रूपमा लिइएको छ। यसअघि पनि उनले विभिन्न प्रतियोगितामा निर्णायक भूमिका खेलेर नेपाली टिमलाई सफलता दिलाउँदै आएकी छिन्।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.