कप्तान किरण चेम्जोङ बंगलादेश पुगे, क्लबसँग अनुबन्धन नजिक
काठमाडौं, साउन २७ –
नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ बंगलादेशको ‘पुलिस फुटबल क्लब’ सँग अनुबन्धनका लागि श्रीमती र छोरासहित बंगलादेश पुगेका छन्। उनीहरू मंगलवार साँझ ढाका पुगेका हुन्।
किरणसँगै राष्ट्रिय टोलीका युवा विंगर आयुष घलान पनि सोही क्लबमा आबद्ध हुन बंगलादेश पुगेका छन्। दुबै खेलाडीले केही दिनभित्र औपचारिक सम्झौतामा हस्ताक्षर गर्ने तयारी रहेको किरणले जानकारी दिएका छन्।
यसैबीच, बंगलादेशकै अर्को क्लब रहमतगंजले नेपाली डिफेन्डर अभिषेक लिम्बुलाई अनुबन्ध गर्ने तयारी गरिरहेको छ।
बंगलादेश फुटबल फेडेरेसनले दक्षिण एसियाली खेलाडीलाई स्थानीय खेलाडी सरह मान्ने निर्णय गरेपछि नेपाली खेलाडीहरूप्रति त्यहाँका क्लबहरू आकर्षित हुन थालेका छन्।
नेपाली खेलाडीको प्रदर्शनलाई ध्यानमा राख्दै बंगलादेशका क्लबहरूले अवसर दिन थालेका हुन्। यसले नेपाली फुटबलको अन्तर्राष्ट्रिय बजारमा प्रभाव विस्तार हुँदै गएको संकेत गरेको छ।

टिप्पणी लेख्नुहोस्