नेपाली मिडफिल्डर प्रिती राई जोर्डनको शीर्ष क्लब अल इत्तिहादमा अनुबन्धित
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार मिडफिल्डर प्रिती राई जोर्डनको शीर्ष डिभिजन क्लब अल इत्तिहादमा आधिकारिक रूपमा अनुबन्धित भएकी छन्। क्लबले मंगलबार उनीसँगको सम्झौताको जानकारी सार्वजनिक गरेको हो।
राईलाई एएफसी महिला च्याम्पियनसिप लिग २०२५/२६ को प्रारम्भिक चरणका लिग खेलका लागि अनुबन्ध गरिएको क्लबले जनाएको छ। यससँगै उनी अन्तर्राष्ट्रिय स्तरमा खेल्ने दुर्लभ अवसर पाउनेछिन्।
यो अनुबन्धलाई नेपाली महिला फुटबलको लागि ठूलो उपलब्धि मानिएको छ, जसले आगामी दिनमा नेपाली खेलाडीहरूका लागि विदेशी लिगमा अवसर बढाउने अपेक्षा गरिएको छ।
टिप्पणी लेख्नुहोस्