जुडो निर्णायक टोली जोर्डन जाने
काठमाडौं । अन्तर्राष्ट्रिय रेफ्री सेमिनार तथा परीक्षमा सहभागी हुन ३ सदस्यीय नेपाली जुडो टोली बिहीबार जोर्डनको अम्मान जाने भएको छ ।
अगष्ट १५ देखि १९ तारिखसम्म हुने सेमिनारमा राधादेवी राई, रवि चौधरी र कविता पुन सहभागी हुने नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । सो अवसरमा राखेपका सदस्य प्रकाशकुमार कुसारीलगायतको उपस्थिति रहेको थियो ।

टिप्पणी लेख्नुहोस्