सन्दीप लामिछानेको जीवनी अब पाठ्यक्रममा समावेश
स्याङ्जा, साउन २८ – नेपाली क्रिकेटका स्टार खेलाडी सन्दीप लामिछानेको जीवन र उपलब्धि अब स्कूली पाठ्यक्रममा समावेश गरिएको छ।
स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाले कक्षा ४ का विद्यार्थीहरूका लागि तयार गरेको नयाँ पाठ्यक्रममा सन्दीपको जीवनी पहिलो पाठको रूपमा समावेश गरिएको हो।
उक्त जीवनी पालिका अध्यक्ष प्रकाश तिवारीले तयार गरेका हुन्। पाठमा सन्दीपको बाल्यकाल, क्रिकेटप्रतिको रुचि, संघर्षपूर्ण यात्रा र अन्तर्राष्ट्रिय सफलताको वर्णन गरिएको छ।
पालिका अध्यक्ष तिवारीले सन्दीपको जीवनले बालबालिकालाई प्रेरणा, मेहनतको मूल्य र सपना पछ्याउने आँट सिकाउने विश्वास व्यक्त गरेका छन्।
यो पहलले शिक्षा र खेलकुदबीचको सम्बन्धलाई बलियो बनाउने तथा बालबालिकामा खेलप्रतिको आकर्षण बढाउने अपेक्षा गरिएको छ।

टिप्पणी लेख्नुहोस्