अष्ट्रेलियामा भोलिबाट टप एन्ड टि–२० सिरिज सुरु हुँदै : नेपाली कप्तान रोहित पौडेल र पाकिस्तान शाहिन्सका कप्तान इरफान खानबीच भेटघाट
काठमाडौं, साउन २८ – अष्ट्रेलियामा भोलिदेखि सुरु हुन लागेको टप एन्ड टि–२० सिरिजको पूर्वसन्ध्यामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले पाकिस्तान शाहिन्सका कप्तान मुहम्मद इरफान खानसँग भेट गरेका छन्।
दक्षिण एसियाली क्रिकेट राष्ट्रहरूबीच बढ्दो सहकार्यको संकेतस्वरूप भएको उक्त भेटघाटले सिरिजको सुरुवातलाई सकारात्मक वातावरण दिएको छ।
नेपालले आफ्नो पहिलो खेल भदौ १ गते (अगस्ट १५) मा नर्दर्न टेरिटोरी स्ट्राइकर्सविरुद्ध खेल्नेछ। अष्ट्रेलियाको नर्दर्न टेरिटोरीमा आयोजना हुने यस अन्तर्राष्ट्रिय टि–२० सिरिजमा नेपाल, पाकिस्तान शाहिन्ससहित विभिन्न प्रतिस्पर्धी टोलीको सहभागिता रहनेछ।
यस सिरिजलाई नेपाली टोलीले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको तयारीको रूपमा हेरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा युवा र अनुभवको मिश्रणसहितको नेपाली टोलीले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

टिप्पणी लेख्नुहोस्