लेख विवरण

पोखरामा एभरेष्ट महिला लिगः गण्डकी प्रदेशबाट उत्कृष्ट खेलाडी छनौटका लागि तयारी

पोखरामा एभरेष्ट महिला लिगः गण्डकी प्रदेशबाट उत्कृष्ट खेलाडी छनौटका लागि तयारी

पोखरा, २०८२ साउन २८ – आगामी २०८२ भदौ २० गतेदेखि २८ गतेसम्म दोस्रो संस्करणको एभरेष्ट महिला लिग भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने पोखरा निन्जाज टिम अन्तिम तयारीको चरणमा पुगेको छ।

पोखरा निन्जाजको मिति २०८२ साउन २७ गतेको पत्र अनुसार, लिगका लागि प्रदेशबाट एक जना उत्कृष्ट महिला खेलाडी छनौट गरी टिममा समावेश गरिनेछ। खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता नगरेको भए तापनि प्रदेशको प्रतिनिधित्व गरेको हुनु अनिवार्य हुनेछ।

यस सन्दर्भमा, गण्डकी प्रदेश भलिबल संघले गण्डकी प्रदेश अन्तर्गतका ११ वटै जिल्ला भलिबल संघहरूलाई प्रत्येक संघबाट कम्तीमा दुई जना सम्भावित खेलाडीको नामावली पठाउन अनुरोध गरेको छ। खेलाडीको नाम, ठेगाना, उमेर, खेल अनुभव, शैक्षिक योग्यता लगायतका विवरण समेटिएको बायोडाटा अनिवार्य रूपमा समावेश गर्नु पर्नेछ।

संघले उक्त विवरणहरु २०७९ साउन ३० गतेसम्म उपलब्ध गराउन आग्रह गरेको छ। प्राप्त विवरणका आधारमा उत्कृष्ट खेलाडीको छनौट गरी पोखरा निन्जाजको टिममा समावेश गरिनेछ।

संघका महासचिव टहल सिंह थापाले उक्त जानकारी दिँदै गण्डकी प्रदेशका सबै जिल्ला संघहरूसँग समयमै सहयोग पुर्‍याउन अनुरोध गरेका छन्।

एभरेष्ट महिला लिगले नेपाली महिला भलिबलको स्तर अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.