लेख विवरण

केन्पोकाइ टोलीको स्वागत

केन्पोकाइ टोलीको स्वागत

काठमाडौं, साउन २९ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले विश्व केन्पोकाइ च्याम्पियनसिपका पदक विजेतासहतिको टोलीलाई बिहीबार स्वागत गरेका छन् ।

अगष्ट ८ देखि १० तारिखसम्म जापानको हामामात्सुमा भएको प्रतियोगिताको इआईडो कातामा नवीन आचार्यले रजत जितेका थिए । उक्त प्रतियोगितामा बामदेव सुवेदी र मेणुका अधिकारीले पनि प्रतिस्पर्धा गरेका थिए । व्यवस्थापकमा जुना लामिछाने छिन् ।

प्रतियोगिताका दौरान भएको ग्रेडिङबाट नराजबहादुर खड्का सातौं डान तथा नवीन आचार्य छैटौं डानमा पदोन्नती भएको बताइएको छ । उक्त अवसरमा राखेपका सदस्य अञ्जन धमलालगायतको उपस्थिति रहेको थियो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.