लेख विवरण

अन्तरकलेज बास्केटबल भोलिदेखि

अन्तरकलेज बास्केटबल भोलिदेखि

काठमाडौं, साउन २९ गते ।
अबाइड ग्लोबल एजुकेसन कन्सल्टेन्सी प्रा.लि. को आयोजनामा ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ११ टिमको सहभागिता रहने आयोजक अबाइडका प्रबन्ध निर्देशक मनीषमान श्रेष्ठले जनाएका छन् । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

समूह ‘ए’ मा ग्रिनफिल्ड नेसनल कलेज, जेभियर इन्टरनेसनल कलेज, मल्पी इन्स्टिच्युट, गोल्डेनगेट इन्टरनेसनल कलेज ‘ए’ र कान्जिरोवा रहेका छन् । टाइम्स इन्टरनेसनल कलेज, प्रिमियर कलेज, बर्नहार्ट, पुष्पसदन, क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) र गोल्डेनगेट ‘बी’ मसूह ‘बी’ मा छन् ।

विजेताले २५ हजार र उपविजेताले १० हजार नगद पुरस्कार पाउने अबाइडका प्रमुख कार्यकारी अधिकृत आशिषमान श्रेष्ठले जानकारी दिए । रोयल स्पोर्ट्स सेन्ट्रलको व्यवस्थापन र चोकोफलको सहयोगमा हुने प्रतियोगिताका ‘मोस्ट भेलुएबल प्लेयर’ लाई ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।

आठदिने प्रतियोगिताका खेलहरु सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा खेलाइने छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.