जेभियर र ग्रिनफिल्डको विजयी सुरुआत
काठमाडौं, साउन ३० गते ।
जेभियर इन्टरनेसनल कलेज र ग्रिनफिल्डले ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेका छन् ।
सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलमा भएको खेलमा जेभियरले कान्जिरोवालाई ५८–३४ ले पराजित ग¥यो । जेभियरको जितमा कुशल गुरुङले १२ अंक योगदान गरे । पहिलो क्वाटरमा ६–१२ ले पछि परेको जेभियरले बाँकीमा अग्रता बनाउदै जित सुनिश्चित ग¥यो । जेभियरले दोश्रोमा २४–६, तेश्रोमा १४–८ र चौथोमा १४–८ स्कोर ग¥यो ।
सशान्त कार्कीको २१ अंक सहयोगमा ग्रिनफिल्डले गोल्डेनगेट इन्टरनेसनल कलेज ‘ए’ लाई ६३–५१ ले हरायो । पहिलो र दोश्रो क्वाटरमा १६–१५ र १८–११ को अग्रता लिएको ग्रिनफिल्ड तेश्रोमा ८–१३ ले पछि प¥यो । ग्रिनफिल्डले चौथो क्वाटरमा २१–१२ को स्कोर गर्दै जित निकाल्यो ।
अबाइड ग्लोबल एजुकेसन कन्सल्टेन्सी प्रा.लि. को आयोजनामा भइरहेको प्रतियोगितामा बर्नहार्ट र प्रिमियरले पनि जितका साथ यात्रा प्रारम्भ गरे ।
बर्नहार्टले टाइम्स इन्टरनेसनल कलेजमाथि ५६–४६ को जित दर्ता ग¥यो । बर्नहार्टका अनिश गुरुङले १७ अंक बटुले । बर्नहार्टले पहिलो क्वाटरमा २१–१५ र दोश्रोमा १२–१० को अग्रता लियो । तेश्रो क्वाटरमा ११–१२ को झीनोअन्तरले पछि परेको बर्नहार्टले चौथोमा १२–९ को प्रदर्शन ग¥यो ।
प्रिमियरले गोल्डेनगेट ‘बी’ लाई ५३–३० ले पाखा लगायो । प्रिमियरका अश्विन चालिसेले २१ स्कोर गरे । प्रिमियरले पहिलोमा २१–४ र दोश्रोमा ११–८ अंक जोडे । तेश्रो क्वाटर ११–११ को बराबरी भयो भने चौथोमा प्रिमियर १०–७ ले अगाडि रह्यो ।
प्रतियोगिताको नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले एक कार्यक्रमबीच उद्घाटन गरे । ११ टिम सहभागी प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले १० हजार नगद पुरस्कार पाउने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई ५ हजार नगदबाट पुरस्कृत गरिने छ । रोयल स्पोर्ट्स सेन्ट्रलको व्यवस्थापन र चोकोफलको सहयोगमा भइरहेको प्रतियोगिताको फाइनल भदौ ६ गते हुनेछ ।

टिप्पणी लेख्नुहोस्