असार ३०, २०८२ –
पूर्व श्रीलंकन घरेलु क्रिकेट खेलाडी सालिया सामनमाथि भ्रष्टाचारसम्बन्धी नियम उल्लंघन गरेको ठहर गर्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) को एन्टी करप्सन ट्राइब्युनलले ५ वर्षको प्रतिबन्ध लगाएको छ।
सालिया सामनमाथि सेप्टेम्बर २०२३ मा युएई क्रिकेट बोर्ड (ECB) को एन्टी करप्सन कोड अन्तर्गत मुद्दा दायर गरिएको थियो। उनीसँगै आठ जना अन्य व्यक्तिहरूमाथि पनि मुद्दा लगाइएको थियो। यो मुद्दा २०२१ को अबु धाबी T10 लिग सँग सम्बन्धित हो, जहाँ सामनले खेल फिक्सिङ तथा भ्रष्ट गतिविधिमा संलग्न हुने प्रयास गरेका थिए। सो समयमा ICC को एन्टी करप्सन युनिट तथा ECB को नियुक्त भ्रष्टाचार विरोधी अधिकारी (DACO) ले ती प्रयासहरू विफल पारेका थिए।
धारा 2.1.1 – अबु धाबी T10 2021 को खेल वा त्यसका पक्षहरूमा फिक्सिङ वा अनुचित प्रभाव पार्ने प्रयासमा संलग्न हुनु।
धारा 2.1.3 – अर्का खेलाडीलाई भ्रष्ट गतिविधिमा संलग्न हुन प्रेरित गर्न पुरस्कारको प्रस्ताव गर्नु।
धारा 2.1.4 – अन्य खेलाडीलाई नियम उल्लंघन गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रेरित, प्रलोभन, निर्देशन वा सहजीकरण गर्नु।
ICC ट्राइब्युनलको पूर्ण सुनुवाईपछि सामन दोषी ठहरिए, र उनलाई २०२३ सेप्टेम्बर १३ देखि पछाडि म्याद गणना हुने गरी पाँच वर्षका लागि प्रतिबन्धित गरिएको हो।
हाम्रो न्यूजलेटरको सदस्यता लिनुहोस्।
Don’t have an account? Register Now and enjoy all our benefits!
टिप्पणी लेख्नुहोस्