लेख विवरण

भात्सल्य एभरेस्ट महिला भलिबल लिग दोस्रो संस्करण हिमालयन टिभी प्रिमियममा प्रत्यक्ष प्रसारण हुने

भात्सल्य एभरेस्ट महिला भलिबल लिग दोस्रो संस्करण हिमालयन टिभी प्रिमियममा प्रत्यक्ष प्रसारण हुने

काठमाडौं, साउन ३० –
महिला खेलकुदको क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको भात्सल्य एभरेस्ट महिला भलिबल लिग (EWV) को दोस्रो संस्करण अब हिमालयन टिभी प्रिमियम HD मार्फत प्रत्यक्ष प्रसारण गरिने भएको छ।

सेप्टेम्बर ५ देखि १३ (भदौ १९–२७) सम्म आयोजना हुने यस प्रतिष्ठित लिगमा नेपालका चर्चित महिला भलिबल खेलाडीहरूसँगै विभिन्न देशबाट आएका १८ अन्तर्राष्ट्रिय खेलाडीहरू पनि सहभागी हुँदैछन्। प्रतियोगितामा छ वटा टिम सहभागी हुनेछन्, जसको मनोरञ्जन पक्षलाई अझ रोचक बनाउन विभिन्न चर्चित कलाकारहरू पनि सहभागी हुनेछन्।

यस सिजनको प्रसारण अधिकारका लागि हिमालयन टिभी प्रिमियम र आयोजक संस्था इन्फिनिटी ड्रिम्स प्रा.लि. बीच सुष्री मिडिया प्रा.लि. को माध्यमबाट औपचारिक सम्झौता गरिएको हो।

साझेदारीबारे प्रतिक्रिया:

सुष्री मिडिया प्रा.लि. का प्रबन्ध निर्देशक सुमन अधिकारीले भने:

"भात्सल्य एभरेस्ट महिला भलिबल लिग र हिमालयन टिभी प्रिमियम दुबईलाई यो सफल साझेदारीका लागि बधाई दिन चाहन्छौं। महिला खेलकुदप्रतिको उत्साह र लोकप्रियता बढ्दै गएको अवस्थामा यस्तो सहकार्य गर्वको विषय हो।"

हिमालयन टिभी प्रिमियमका महाप्रबन्धक गोविन्द ढकालले भने:

"एशियामै पहिलोपटक आयोजना हुँदै गरेको यो भात्सल्य एभरेस्ट महिला भलिबल लिगलाई प्रत्यक्ष प्रशारण गर्न पाउनु हाम्रो लागि गौरवको कुरा हो। महिला खेलकुदको विकास हाम्रो जिम्मेवारी पनि हो। नेपाल र विदेशबाट आएका खेलाडीहरूले यस लिग र च्यानलको प्रतिष्ठा बढाउने विश्वास लिएका छौं।"

अन्तर्राष्ट्रिय स्तरको उत्पादन

लिगको सम्पूर्ण खेल अन्तर्राष्ट्रिय स्तरको मापदण्डअनुसार उत्पादन गरिने आयोजकले जनाएको छ। यसबाट नेपाली भलिबल र विशेषगरी महिला खेलकुदको विकास र अन्तर्राष्ट्रिय पहिचानमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

भात्सल्य एभरेस्ट महिला भलिबल लिग २०२५ को सम्पूर्ण रोमाञ्चक भिडन्त अब तपाईं हिमालयन टिभी प्रिमियम HD मा प्रत्यक्ष हेर्न सक्नुहुन्छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.