लेख विवरण

ब्रेविसको विस्फोटक ब्याटिङ, अष्ट्रेलियाविरुद्ध २२ बलमै रचे इतिहास

ब्रेविसको विस्फोटक ब्याटिङ, अष्ट्रेलियाविरुद्ध २२ बलमै रचे इतिहास

अघिल्लो खेलमै शतक प्रहार गरेका ब्रेविस फेरि चम्किए, एरोन हार्डीको एक ओभरमा चार छक्का

केप टाउन, अगस्ट १६। दक्षिण अफ्रिकाका युवा र आक्रामक ब्याट्सम्यान डेवाल्ड ब्रेविस ले अष्ट्रेलियाविरुद्ध तेस्रो टी–२० खेलमा फेरि एकपटक आक्रमक ब्याटिङ प्रदर्शन गरेका छन्। क्याजलीज स्टेडियममा शनिबार भएको खेलमा उनले केवल २२ बलमा अर्धशतक बनाउँदै अष्ट्रेलियाविरुद्धको सबैभन्दा छिटो अर्धशतकको कीर्तिमान तोडे।

ब्रेविसले अष्ट्रेलियाली बलर एरोन हार्डी को ओभरमा लगातार चार छक्का हानेर मैदानमा सनसनी मच्चाए। नाथन एलिस को बलमा आउट भए पनि उनले २६ बलमा ५३ रन बनाए। उक्त पारीमा उनले ६ छक्का र १ चौका प्रहार गरे।

यसअघि अष्ट्रेलियामा अष्ट्रेलियाविरुद्ध सबैभन्दा छिटो अर्धशतक बनाउने कीर्तिमान इंग्ल्याण्डका रवि बोपारा को नाममा थियो। उनले सन् २०१४ मा होबार्टमा २३ बलमा अर्धशतक बनाएका थिए। ब्रेविसले उक्त कीर्तिमान एक बलले तोडे

ब्रेविसको पछिल्लो प्रदर्शन पनि कम रोचक थिएन। दोस्रो टी–२० म्याचमा उनले मात्र २५ बलमा अर्धशतक पुरा गरेका थिए र १२५ रन बनाए। ती रन बनाउन उनले ५६ बल खेलेका थिए, जसमा १२ चौका र ८ छक्का प्रहार गरेका थिए। यसै पारीका आधारमा उनले दक्षिण अफ्रिकाबाट अष्ट्रेलियाविरुद्ध सबैभन्दा छिटो फिफ्टी बनाउने जेपी डुमिनी को २००९ को कीर्तिमान (३१ बल) पनि तोडेका थिए।

दक्षिण अफ्रिकाका लागि नयाँ सुपरस्टारको रूपमा उदाएका ब्रेविसको आक्रामक शैलीले क्रिकेटप्रेमीहरूमा ठूलो उत्साह ल्याएको छ। आगामी खेलहरूमा उनको प्रदर्शन अझै रोचक हुने अपेक्षा गरिएको छ।

 
 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.