लेख विवरण

नेपालको खराब सुरुवात : कुशल भुर्तेल १२ रनमा आउट

नेपालको खराब सुरुवात : कुशल भुर्तेल १२ रनमा आउट

काठमाडौंँ । टप एन्ड टी-२० सिरिज अन्तर्गत बंगलादेश ‘ए’ विरुद्धको लक्ष्य पछ्याउँदै गरेको नेपालले सुरुवातमै महत्वपूर्ण विकेट गुमाएको छ।

हसन महमुद को बलमा कुशल भुर्तेल मात्र १२ रन (७ बल, ३ चौका) बनाउँदै जिशान आलमद्वारा क्याच आउट भएका छन्। उनले आक्रामक सुरुवात गरे पनि आफ्नो विकेट लामो समय जोगाउन सकेनन्।

नेपालको स्कोर अहिले १.२ ओभरमा १३/१ रहेको छ। १८७ रनको विशाल लक्ष्य पछ्याउन नेपाललाई अब संयमित तर आक्रामक ब्याटिङ आवश्यक छ।

अब क्रीजमा रहेका ब्याट्सम्यानहरूमाथि दवाब बढेको छ। नेपालका समर्थकहरू राम्रो पुनरागमनको आशामा छन्।

 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.