लेख विवरण

ग्लेन म्याक्सवेलद्धारा टी–२० मा अष्ट्रेलियाका लागि सर्वाधिक 'प्लेयर अफ द म्याच' बन्ने कीर्तिमानमा बराबरी

ग्लेन म्याक्सवेलद्धारा टी–२० मा अष्ट्रेलियाका लागि सर्वाधिक 'प्लेयर अफ द म्याच' बन्ने कीर्तिमानमा बराबरी

केर्न्स, अष्ट्रेलिया – अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय श्रृंखला सकिएकाे छ। १६ अगस्ट २०२५ केर्न्समा सम्पन्न अन्तिम र निर्णायक खेलमा अष्ट्रेलियाले शानदार जित हात पार्‍यो, जसमा ग्लेन म्याक्सवेलको प्रदर्शन मुख्य आकर्षण रह्यो।

लक्ष्य पछ्याउने क्रममा छैटौं नम्बरमा ब्याटिङ गर्न आएका म्याक्सवेलले मात्र ३६ बलमा नटआउट ६२ रन बनाए। १७२.२२ को स्ट्राइक रेटले खेलेका उनको यो पारीका लागि उनलाई 'प्लेयर अफ द म्याच' घोषित गरियो।

यो अवार्डसँगै म्याक्सवेलले अष्ट्रेलियाका लागि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै पटक 'प्लेयर अफ द म्याच' बन्ने कीर्तिमानमा डेविड वार्नरसँग बराबरी गरेका छन्। दुवै खेलाडीको नाममा अब १२–१२ पटक यो उपाधि छ।

पहिला यो कीर्तिमान वार्नरको नाममा मात्र थियो, तर म्याक्सवेलको पछिल्लो प्रदर्शनले उनीहरूलाई बराबरीमा ल्याएको छ।

अष्ट्रेलियाका लागि टी–२० मा सर्वाधिक 'प्लेयर अफ द म्याच' जित्ने खेलाडीहरू:

खेलाडी पटक
ग्लेन म्याक्सवेल 12
डेभिड वॉर्नर 12
शेन वाटसन 9
आरोन फिन्च 8
एडम जम्पा 8

 

अन्तिम खेल निर्णायक थियो, जसमा म्याक्सवेलले खेललाई आफ्नो नियन्त्रणमा लिए। कठिन अवस्थामा टिमलाई जितसम्म पुर्‍याउँदै उनले फेरि एकपटक प्रमाणित गरे कि उनी टी–२० क्रिकेटका विश्वकै खतरनाक फिनिशरमध्ये एक हुन्।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.