लेख विवरण

न्यु जेनिथ कप भोलिदेखि

न्यु जेनिथ कप भोलिदेखि

काठमाडौं, भदौ १ गते । न्यु जेनिथ इङलिस मोडेल स्कुलको आयोजनमा तेश्रो न्यु जेनिथ कप अन्तरविद्यालय बास्केटबल तथा फुटसल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।

प्रतियोगिताअन्तर्गत बास्केटबलमा २ तथा फुटसलमा ३ विधामा प्रतिस्पर्धा हुने न्यु जेनिथका संस्थापक प्रिन्सिपल राजु महर्जनले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

सिनियर ब्वाइज बास्केटबलमा २४ तथा गल्र्समा १२ टिमले भाग लिने न्यु जेनिथका बास्केटबल प्रशिक्षक अजित महर्जनले जानकारी दिाए । ब्वाइज टिमलाई ८ तथा गल्र्स टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

फुटसलको ब्वाइजमा यु–११, यु–१३ र यु–१६ उमेरसमूहमा खेल हुनेछ । यु–११ मा १३, यु–१३ मा १५ र यु–१६ मा १६ टिमले लिग कम नकआउट पद्धतिमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख रुपैयाँ खर्च हुने न्यु जेनिथका को–ओर्डिनेटर रोशन थापाले बताए । पहिलो दिन बास्केटबलका ६ खेल हुनेछ । औपचारिक उद्घाटन मंगलबार हुनेछ । खेलहरु काठमाडौं महानगरपालिका वडा १८, भुरुङखेलस्थित आयोजककै हातामा खेलाइने छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.