एशिया कप २०२५ को लागि पाकिस्तान टिम घोषणा: बाबर आजम र मोहम्मद रिजवान बाहिर
काठमाडौं – पाकिस्तान क्रिकेट बोर्ड (PCB) ले आउँदो एशिया कप २०२५ र यूएई–अफगानिस्तानसँगको त्रिकोणात्मक सिरिजका लागि १७ सदस्यीय टोली सार्वजनिक गरेको छ। यसपटकको टिमबाट चर्चित नामहरू बाबर आजम र मोहम्मद रिजवानलाई बाहिर राखिएको छ, जुन पाकिस्तानी क्रिकेटमा ठुलो परिवर्तनको संकेतको रूपमा हेरिएको छ।
एशिया कपको इतिहास हेर्ने हो भने, पछिल्लो ८ वर्षमा बाबर आजम निरन्तर टोलीमा सहभागी थिए। तर, यो पटक उनी टीममै छैनन्। उनले पछिल्लो पटक सन् २०२४ को डिसेम्बरमा दक्षिण अफ्रिकाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय खेलेका थिए। रिजवानको पनि अवस्था उस्तै छ।
टिमको कप्तानी यसपटक सलमान अली आगालाई दिइएको छ। पछिल्लो केही महिनामा पाकिस्तानको प्रदर्शन उतारचढावपूर्ण रहँदै आएको थियो। बंगलादेशसँगको टी–२० सिरिज गुमाएपछि, वेस्टइन्डिजविरुद्धको सिरिजमा २–१ ले जित निकाल्दै पाकिस्तानले फेरि आत्मविश्वास बढाएको थियो।
एशिया कपअघि पाकिस्तानले अफगानिस्तान र युएईसँग त्रिकोणात्मक सिरिज खेल्नेछ। त्यसको तयारी स्वरूप टिमले २२ अगस्टदेखि दुबईस्थित ICC एकेडेमीमा विशेष प्रशिक्षण क्याम्प आयोजना गर्नेछ।
पाकिस्तानको खेल तालिका:
-
१२ सेप्टेम्बर: पाकिस्तान विरुद्ध ओमान
-
१४ सेप्टेम्बर: पाकिस्तान विरुद्ध भारत
-
१७ सेप्टेम्बर: पाकिस्तान विरुद्ध युएई
एशिया कप सेप्टेम्बर ९ देखि २८ सम्म दुबई र अबुधाबीमा आयोजना हुँदैछ।
एशिया कप र त्रिकोणात्मक सिरिजका लागि पाकिस्तान टिम
-
सलमान अली आगा (कप्तान)
-
अबरार अहमद
-
फहीम अशरफ
-
फखर जमां
-
हारिस रऊफ
-
हसन अली
-
हसन नवाज
-
हुसैन तलत
-
खुशदिल शाह
-
मोहम्मद हारिस (विकेटकिपर)
-
मोहम्मद नवाज
-
मोहम्मद वसीम जूनियर
-
साहिबजादा फरहान
-
सैम अय्यूब
-
सलमान मिर्जा
-
शाहीन शाह अफरीदी
-
सुफियान मुकिम
पाकिस्तान क्रिकेटमा यो एक नयाँ अध्यायको सुरुवात हुनसक्छ। अनुभवी खेलाडीहरूलाई विश्राम दिई नयाँ अनुहारलाई अवसर दिनु बोर्डको रणनीति जस्तो देखिन्छ। अब हेर्न बाँकी छ — सलमान अली आगा नेतृत्वको नयाँ टिमले आशा अनुसार प्रदर्शन गर्न सक्छ कि सक्दैन।
Pakistan's Squad Has Been Announced For Tri Series And Asia Cup
— AMEEN ✪ (@ameenulhaq_18) August 17, 2025
Babar Azam and Muhammad Rizwan Has been Dropped #AsiaCup2025 #PakistanCricket #BabarAzam𓃵 pic.twitter.com/kMed7SMV45

टिप्पणी लेख्नुहोस्