लेख विवरण

यौन शोषणको आरोपले डगमगाउँदै यश दयालको करियर, यूपी टी–२० लिगबाट निलम्बन

यौन शोषणको आरोपले डगमगाउँदै यश दयालको करियर, यूपी टी–२० लिगबाट निलम्बन

नयाँ दिल्ली — एक समय भारतीय क्रिकेटको चम्किलो भविष्यका रूपमा हेरिएका तेज बलर यश दयाल अहिले गम्भीर आरोप र विवादका कारण चर्चामा छन्। बलात्कारको आरोप लागेपछि उत्तर प्रदेश क्रिकेट संघ (UPCA) ले उनलाई यूपी टी–२० लिगबाट प्रतिबन्धित गरेको छ।

आरोप अनुसार, यश दयालमाथि गाजियाबाद र जयपुरमा अलग–अलग युवतीहरूद्वारा यौन शोषणको गम्भीर आरोप लगाइएको छ। जयपुर घटनामा एक नाबालिग पीडित रहेको भन्दै POCSO ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ। यस्तै, गाजियाबादमा विवाहको प्रलोभन देखाएर यौन सम्बन्ध बनाएको आरोप पनि छ।

इलाहाबाद उच्च अदालतले उनलाई हाल अस्थायी रूपमा गिरफ्तारीबाट जोगाएको छ। तर जयपुर उच्च अदालतले सुरक्षा दिन इन्कार गरेपछि अब उनलाई २२ अगस्टको सुनुवाइमा पक्राउ गर्न सकिने संभावना बढेको छ।

यश दयालले गोरखपुर लायन्सबाट ७ लाख रुपैयाँमा यूपी टी–२० लिग खेल्न लागेका थिए। तर यो विवाद सार्वजनिक भएपछि लिगमा भाग लिन नपाउने भएका छन्।

२७ वर्षीय यश दयालले आईपीएल २०२५ मा रोयल च्यालेन्जर्स बेंगलोरलाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। तर हाल उनीमाथि लागेको गम्भीर आपराधिक आरोपले उनको करियर संकटमा परेको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.