लेख विवरण

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग : टप स्पिन र एभीएमको समान १० अंक

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग : टप स्पिन र एभीएमको समान १० अंक

काठमाडौंँ। टप स्पिन टेबलटेनिस गुड्स नेपाल र पहिलो सिजनको विजेता एभीएम टेबलटेनिस क्लबले स्ट्याग ग्लोबल च्याम्पियन्स लिगको सिजन– ३ को पहिलो दिन आइतबार पहिलो चरणको खेल समाप्तिमा दुवैले समान १०–१० अंक जोडेका छन् ।

आयोजक स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमी र द ड्रागन्स टेबलटेनिस क्लबको समान ९–९ अंक छ । भोर्टेक्स नेपाल टेबलटेनिस क्लबले ८ तथा कीर्तिपुर नगरपालिकाले ७ अंक जोडे ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगितामा होप्स टेबलटेनिस एकेडेमी र ओल्ड हाउस रेस्ट्रोले समान ६–६ अंक तथा यल टेबलटेनिस र खोल्चा पुखु खेलकुद समितिले समान ५–५ अंक बटुलेका छन् ।

प्रतियोगिताको बागमती प्रदेशका पूर्व युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरे । नेपाली टेबलटेनिसकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगितामा १० टिम सहभागी छन् । विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार र तेस्रो हुने दुई टोलीले समान ७५–७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता शुक्रबारसम्म चल्ने छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.