इङ्लिस प्रिमियर लिग : कालाफिओरीको निर्णायक गोलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई हरायो
काठमाडौं, इङ्लिस प्रिमियर लिग अन्तर्गत ओल्ड ट्राफोर्डमा आज सम्पन्न खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ। खेलको १३ औं मिनेटमा आर्सनलका रिकार्डो कालाफिओरीले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए, जुन गोल खेलको निर्णायक बन्यो।
खेलमा म्यानचेस्टर युनाइटेडले बल नियन्त्रणमा केही समय राम्रो देखायो भने आक्रमणमा पनि प्रयास गर्यो, तर गोल गर्ने अवसरलाई सदुपयोग गर्न सकेन। आर्सनलले बल नियन्त्रण र बचाउमा सशक्त प्रदर्शन गर्यो।

टिप्पणी लेख्नुहोस्