ला लिगा: भ्यालेन्सिया र रियल सोसिडाडबीच १–१ को बराबरी, तीन मिनेटमै दुई गोल
भाद्र १ – स्पेनिस ला लिगा अन्तर्गत आज भएको खेलमा भ्यालेन्सिया सीएफ र रियल सोसिडाडले १–१ को बराबरी खेलेका छन्। दोस्रो हाफको तीन मिनेटको अन्तरालमै दुवै टोलीले एक–एक गोल गरेका थिए।
५७ औं मिनेटमा डिएगो लोपेजले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाएका थिए। तर त्यो खुशी लामो समय टिक्न सकेन। ६० औं मिनेटमा जापानी स्टार ताकेफुसा कुबोले बराबरी गोल गर्दै खेललाई पुनः समतामा ल्याए।
खेलभर प्रतिस्पर्धात्मक प्रदर्शन गरे पनि दुवै टोलीले थप गोल गर्न सकेनन् र अंक बाँड्न बाध्य भए।

टिप्पणी लेख्नुहोस्