लेख विवरण

अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगितामा टाइम्सको जित

अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगितामा टाइम्सको जित

काठमाडौं, भदौ २ गते । टाइम्स इन्टरनेसनल कलेजले ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगितामा सोमबार जित हात पारेको छ ।

सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको हलमा भएको खेलमा टाइम्सले पुष्पसदनलाई ५६–१९ को फराकिलो अन्तरले पराजित ग¥यो । टाइम्सका सिमोन थापा मगरले १२ अंक जोडे ।

अबाइड ग्लोबल एजुकेसन कन्सल्टेन्सी प्रा.लि. को आयोजनामा भइरहेको प्रतियोगितामा ग्रिनफिल्ड, गोल्डेनगेट ‘ए’ र बर्नहार्ट विजयी भए ।

ग्रिनफिल्डले मल्पीलाई ६३–४९ ले हरायो । ग्रिनफिल्डका सशान्त कार्कीले १४ स्कोर गरे । गोल्डेनगेट ‘ए’ ले कान्जिरोवालाई ८२–५६ ले पाखा लगायो । विजयी टिमका लागि प्रज्ज्वल अधिकारीले २४ अंक जोडे । गोल्डेनगेट ‘बी’ विरुद्धको खेलमा बर्नहार्ट ५९–५० ले विजयी भयो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.