टाइमलाइन बास्केटबल बिहीबारदेखि
काठमाडौं, भदौ २ गते । टाइमलाइन स्कुलको आयोजनामा दोश्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
प्रतियोगिताको ब्वाइजमा २४ तथा गल्र्समा १६ टिमको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा टाइमलाइनका प्रिन्सिपल रामप्रसाद बडालले जानकारी गराए । खेल लिग कम नकआउट आधारमा हुने प्रतियोगिता संयोजक राजेन्द्र लम्सालले जानकारी दिए ।
फिबा नियामानुसार हुने प्रतियोगिताका खेल गोकर्णेश्वर नगरपालिका ५ स्थित नयाँबस्ती खेलाइने छ । फाइनल भदौ १५ गते हुनेछ ।

टिप्पणी लेख्नुहोस्