ललितपुर क्विन्सको गुडविल एम्बासडर आयशा शाक्यलाई निरन्तरता
ललितपुर - एभरेस्ट महिला भलिबल लिग टोली ललितपुर क्विन्सले दीक्षिण एसियाली खेलकुदको टिन पटककी स्वर्ण पदक विजेता आयशा शाक्यलाई यस संस्करण पनि आफ्नो गुडविल एम्बासडर नियुक्ति गरेको छ । सोमबार ललितपुर क्विन्सको कार्यालयमा क्लबका अध्यक्ष रमेश पराजुली र आयशा शाक्यले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
ललितपुर क्विन्ससँग सम्झौता नवीकरण गर्न पाउँदा आफू हर्षित भएको आयशा बताउँछिन् । "फेरी पनि ललितपुर क्विन्ससँग सम्झौता गर्न पाउँदा निकै खुसी छु", आयशाले भने। "ललितपुर क्विन्स परिवारलाई धेरै धन्यबाद । यो मेरो लागि सम्मानको कुरा हो, " उनले थपे ।
यो संस्करण ललितपुरले उपाधि जित्नेमा आयशा आशावादी छन् । "पहिलो संस्करणमा ललितपुरको खेलहरूमा सहभागी हुँदा म धेरै रमाए । दुर्भाग्यवस हामी अन्तिम समयमा चुक्यौ, आशा छ हाम्रो टोली यो संस्करण विजेता हुने छ ।
घरेलु भलिबलमा सफल प्रशिक्षक मध्ये एक उत्सव खड्काको नेतृत्वमा ललितपुर क्विन्सको टोली कोर्टमा उत्रनेछ । टोलीको मार्की खेलाडी तथा कप्तान सलिना श्रेष्ठ रहेका छन् भने ललितपुरले अक्सन बाट संगम महतो, लक्ष्मी चन्द, सुनिता राइ, सलिना बूढा मगर, निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगीलाई खरिद गरेको थियो । दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग भदौ २० देखि २८ सम्म हुने छ ।

टिप्पणी लेख्नुहोस्