लेख विवरण

अन्तरविद्यालय बास्केटबल : न्यु जेनिथको विजयी सुरुआत

अन्तरविद्यालय बास्केटबल : न्यु जेनिथको विजयी सुरुआत

काठमाडौं, भदौ ३ गते ।
आयोजक न्यु जेनिथ इङलिस मोडेल स्कुलले तेश्रो न्यु जेनिथ कपअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार विजयी सुरुआत गरेको छ ।

भुरुङखेलस्थित घरेलु कोर्टमा न्यु जेनिथले एभीएमलाई ४७–३८ ले पराजित ग¥यो । न्यु जेनिथका अमित तामाङले २७ अंक जोडे ।

सिनियर ब्वाइजमै कन्स्टिलेसनले रेडियन्ट पब्लिकलाई ३४–३०, राराहिलले वीरसेबालाई ४०–२०, ज्ञान निकेतनले युरो स्कुललाई ६४–५७, स्वर्णिमले बेबी एन्जललाई ३३–१८ र मनास्लुले एनआईसी एकेडेमीलाई ३८–२९ हराए । कन्स्टिलेसनका कुशल श्रेष्ठले १६, राराहिलका कृष्णले ७, ज्ञान निकेतनका महेन्द्र प्याकुरेलले १७, स्वर्णिमका प्रतीक महर्जनले १७ र मनास्लुका भविक गुरुङले २३ स्कोर गरे ।

गल्र्समा रेडियन्ट पब्लिकले नवीनज्योतिलाई १४–६, राराहिलले न्यु जेनिथलाई १०–२, केसीसीएसले युरोलाई १४–१० र स्वर्णिमले जेसिसलाई १९–२ ले पाखा लगाए ।

रेडियन्टकी सेजल रोकाले ९, राराहिलकी अलिशा ओलीले ८, केसीसीएसकी पुनम महर्जनले ७ र स्वर्णिमकी हिसी ल्हामु लामाले ११ अंक बटुले ।

न्यु जेनिथ कपअन्तर्गत ब्वाइज फुटसलको यु–११ मा चेल्सी, रेडियन्ट, एआई, बेसिक, ब्रम्हकुञ्ज, मनास्लु, त्रियोग र एभीएम क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगिताको न्यु जेनिथका संस्थापक प्रिन्सिपल राजु महर्जन र एडमिन हेड पुष्पलाल श्रेष्ठले एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे । न्यु जेनिथ कपअन्तर्गत बास्केटबलमा २ तथा फुटसलमा ३ विधामा प्रतिस्पर्धा भइरहेको छ ।

सिनियर ब्वाइज बास्केटबलमा २४ तथा गल्र्समा १२ टिमले भाग लिएका छन् । ब्वाइज फुटसलको यु–११ मा १३, यु–१३ मा १५ र यु–१६ मा १६ टिम सहभागी छन् । प्रतियोगिता भदौ १० गते सम्पन्न हुनेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.